ट्र्याक्टर पल्टिँदा एकको मृत्यु

खेत जोत्ने क्रममा ट्र्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका– ५ कैलाशनगरका ३४ वर्षीय सन्दीप मगर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय चन्द्र सिग्देलको खेत जोत्ने क्रममा ना४त ३१५२ नंको ट्र्याक्टर पल्टिँदा ट्र्याक्टर चालक मगर गम्भीर घाइते भएका थिए ।

उनको उपचारका क्रममा भरतपुर अस्पतालमा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।-रासस/File Photo

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..