नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष पोख्रेल चढेको गाडी दुघर्टना

दाङमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल चढेको गाडी दुर्घटना भएको छ ।

जिल्लाको तुलसीपुरमा पत्रकार अध्यक्ष पोख्रेल चढेको गाडीलाई स्कारपियोले ठक्कर दिएको हो ।

तुलसीपुर उद्योग बाणिज्य संघ जाने सडक चोकमा रा१च ९५५ नम्बरको स्कारपियोले प्रदेश ३–०१०२२च ९२२६ नम्बरको कारलाई ठक्कर दिदा नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष सुदिप गौतम घाइते भएका छन् ।

गौतमको टाउकोमा चोट लागेको छ । गौतमको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

कारमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष पोख्रेल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सन्तोष सुवेदी लगाएतको टोली चढेको थियो ।

पत्रकारको टोली नेपाल पत्रकार महासंघ दाङका साधारण सदस्य हेमन्त शर्मालाई भेटेर फर्किदै थियो ।

ठक्कर दिने गाडीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ । तस्विर : नेपालबहस डटकम

 

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..