मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

बेलौरी नगरपालिका–१० सडकघाटका का अन्दाजी वर्ष २६ का सन्तोष चौधरीको सडक दुर्घटनामा परी मृत्यु भएको छ ।

सोमवार साँझ अबेर सुपप्र ०१००९प ५०५८ नंको मोटरसाइकलमा कलकत्ता बजारतर्फ जाँदै गर्दा बेलौरी– ८ स्थित हुलाकी राजमार्गमा थुपारेर राखिएको ग्राभेलको थुप्रोमा मोटरसाइकल ठोक्किँदा उनी सख्त घाइते भएका थिए ।

तत्कालै उपचारका लागि कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा चौधरीको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए।

यसैबीच भीमदत्त नगरपालिका–११ भुजेलास्थित साइवन नहरमा सोमबार अन्दाजी वर्ष ४५ का पुरुषको शव प्रहरीले फेला पारेको छ ।

नहरमा कम्मरदेखि खुट्टासम्मको भाग देखिएको र कम्मरभन्दा तल टाउकोसम्मको भाग पानीमा घोप्टो डुबेका अवस्थामा पुरुषको शव फेला परेको प्रनाउ न्यौपानेले बताए । उनका अनुसार बरामद शवको अहिलेसम्म पहिचान खुल्न सकेको छैन ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..