नदीमा जीप खस्यो, ६ जना बेपत्ता

akkarvir news kantipatnewsसंखुवावासभाको खाँदबारीबाट दुई जना बिरामी लिएर गएको बोलेरो गाडी अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् । धर्मदेवी नगरपालिकाको अक्करको भीरमा मंगलबार राति १०ः१५ बजे को १ ज ३७४९ नम्बरको बोलेरो गाडी दुर्घटना भएको घटनास्थल पुगेका अर्का गाडी चालक प्रेम तामाङले बताए ।

तामाङका अनुसार गाडी चालक सन्तोष विक चालक सहित ६ जना बेपत्ता भएका हुन् । बिरामीको खाँदबारीमा उपचार हुन नसकेपछी थप उपचारका लागि वीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा गाडी दुर्घटना भएको हो ।

रातिकाे  समयमा दुर्घटना भएकाले बेपत्ताको खोजी कार्य हुनसकेको छैन् । अरुण खोलामा बाढी आएका कारण उनीहरुको खोजीमा समेत समस्या भएको छ । गाडी खाँदबारी–१ का राजनारायण लिम्बुको रहेको खुलेको छ ।

भरखरै प्रहरी प्रमुख मिम बहादुर लामा, प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलाल, सशस्त्र प्रहरी प्रमुख, नेपाली सेनाका प्रमुखहरुको टोली घटना स्थल तर्फ गएका छन् ।

Kantipath Media

यो छुट्टाउनु भो कि..