मन्थलीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

रामेछापको मन्थली नगरपालिका–६ हात्तीटार नजिकै जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा एक बालक घाइते भएका छन् ।

काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ च ३५१३ नम्बरको बोलेरो जीप बिहीबार बिहान ६ बजेतिर खुर्कोट-मन्थली सडकखण्डको हात्तीटार भीरबाट करिब तीन सय मिटर तल तामाकोशी नदीमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा ओखलढुंगा श्रीतेम्बा गाउँपालिका–६ फिदी फलाँटेका अन्दाजी ३४ वर्षीय लाक्पा शेर्पा, उनकी श्रीमती अन्दाजी ३१ वर्षीया फुर्वा शेर्पा र गाडी धनी अन्दाजी ३५ वर्षीय वाङछे शेर्पा रहेका छन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..