ट्याक्टर दुर्घटना : तीन विद्यार्थीको मृत्युु , चार घाइते

achham kantipath

अछाम – अछामको चौरपाटी गाउँपालिका-३, शोकट  मुली कोलगैरामा ट्रयाक्टर दुर्घटना हुँदा ३ जना विद्यार्थीको ज्यान गएको छ ।

से १ त ७८३९ नम्बरको ट्रयाक्टर बुधबार बिहानै दुर्घटना हुँदा ३ जना विद्यार्थीको ज्यान गएको हो । दुर्घटनामा परि ४ जना विद्यार्थी घाइते भएका छन् ।

ज्यान गुमाउनेमा चौरपाटी गाउँपालिका–२ मा रहेको दशपल्ले माविवाट यस वर्ष एसइई परीक्षा दिएका रमेश साउद, कक्षा ९ मा अध्ययनरत लक्ष्मी साउद र कक्षा ८ मा अध्ययनरत काली साउद रहेको चौरपाटी गाउँ कार्यपालिका सदस्य शिवबहादुर विकले जानकारी दिनुभयो ।

ट्रयाक्टर चालकले भने हाम फालेर ज्यान जोगाएका छन् । अन्य ४ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । घटनाको बिस्तृत बिवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएकाे छ ।

 

 

Kantipath Media

यो छुट्टाउनु भो कि..