बागलुङमा जीप दुर्घटना १४ जनाको मृत्यु

accident

बागलुङमा जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । मंगलबार बिहान गुल्मीको दोहलीबाट कुल पूजाका लागी  बागलुङको देवीस्थानको लागि छुटेको जिप तुरतुरेताल अगाडि खोलामा खसेको हो

बडीगाड गाउँपालिका-७ स्थित सडकबाट करिब ५०० मिटर तल खोलामा खसेको हो । जिप दुर्घटनामा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिप सडकबाट ३ सय मिटर तल बडीगार्ड खोलामा खसेको हो ।

बुर्तिबाङ्ग प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक सुरज खड्काका अनुसार एक बालक सहित १४ जनाको मृत्यु भएको छ । ३ जना घाइतेलाई अस्पताल पठाइएको छ ।थप विवरण आउन बाँकी छ ।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..