बाजुरामा जीप दुर्घटना : ५ जनाको मृत्यु

बाजुरा : बाजुरामा आज बिहीबार जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । हिमाली गाउँपालिका–६, कालागडस्थित कर्णाली नदीमा जीप खसेको हो ।

Bajura jeep accident

मृत्यु हुनेमा चालक रमेश शाहीको मात्रै सनाखत भएको छ ।

अन्य पाँच जना घाइते भएका छन् भने एकजना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी उद्धवसिंह भाटले जानकारी दिए । भाटका अनुसार घाइते यात्रुको कोल्टीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

से १ ज १०६४ नम्बरको जीप धुलाचौरबाट कोल्टी जाँदै गर्दा नदीमा खसेको थियो । दुर्घटनाको कारण खुल्न नसकेको डीएसपी भाटले बताए।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..