डोटीमा बस दुर्घटना, कस्ताे छ अवस्था ?

design accident jpgडोटी – जिल्लाको शिखर नगरपालिका २ गेरुपानीमा बस दुर्घटना भएको छ ।

प्रहरीको प्रारम्भिक जानकारी अनुसार १ को मृत्यु र २८ जनाभन्दा बढी घाइते भएका छन् ।

मृतक र घाइतेको पहिचान हुन सकेको छैन । 

महेन्द्रनगरबाट बाजुरातर्फ जाँदै गरेको यात्रुबाहक ना ७ ख ६१८१ नम्बरको बस शनिबार बिहान पौने ५ बजे सडकबाट तल खसेको प्रहरी उपरीक्षक दिलिप सिं देउवाले जानकारी दिएका छन् ।

घाइतेहरुलाई उद्धार गरी दिपायलस्थित विभिन्न अस्पतालमा पठाइएको छ ।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..