बस दुर्घटना अपडेट : १७ को मृत्यु, ५० जना घाइतेको धुलिखेल अस्पतालमा उपचार हुँदै (नामावलीसहित)

sukutebus ac kantipath

दोलखा मागादेउरालीबाट काठमाडौं आइरहेको शैलुङ्गेश्वरी यातायातको यात्रुबाहक बस आइतबार अरनीकाे राजमार्गबाट सुनकोशी नदीमा खस्दा १७ जनाकाे मृत्यु भएको छ । घटनामा ५० जना घाइते भएका छन् । बस चालक धनबहादुर तामाङको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । राति अबेरसम्म पनि उनको होश खुलेको छैन ।

बा २ ख ७२४५ नम्बरको सो बस चौतारा साँगाचोकगढी नगरपालिका-९ पानीधारामा अनियन्त्रित भई मोडबाट दिउँसो सवा एक बजे नदीमा खसेको हो । तीब्र गति र ओभरलोडका कारण बस नियन्त्रण बाहिर गएको प्रहरीले अनुमान गरेकाे छ ।

Sunkoshi bus ac kantipath

दुर्घटनामा परी मृत्यु हुनेमध्ये सात जनाकाे सनाखत भएको छ । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले दिएको जानकारीअनुसार मृत्यु हुनेमा दोलखा भिमेश्वर नगरपालिकाकी २४ वर्षीय रञ्जिता केसी, दोलखा शैलुङ्–३ की ५१ वर्षीय रत्नकुमारी रावत, दोलखा शैलुङ– ३ कै तीन महिने बालक सिसन तामाङ, सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका जलजलेकी २७ वर्षीय चमेली श्रेष्ठ, उनकी ६ वर्षीय छोरी साइरानी श्रेष्ठ, उपचारको क्रममा धुलिखेल अस्पतालमा भक्तपुर निवासी ५२ वर्षीया चेतकुमारी बस्नेत र सिरमेमोरियल हस्पिटल बनेपामा उपचारत दोलखा शैलुङकी-६ वर्षीय सलिना तामाङको मृत्यु भएको छ ।

नदीको मुख्य भंगालोमा गाडी डुबेकोले धेरै शव बगाएर दोलालघाटसम्म पुर्याएको थियो । दोलालघाटमा फेला पारेको एक शवसहित १० वटा शव सुकुटेमा र पाँच वटा शव घटनास्थलमा फेला पारेकाे प्रत्यक्षदर्शी नरेन्द्र केसीले बताए । घाइतेमध्ये ४९ जनाकाे धुलिखेल अस्पताल र दुई जनाको सिरमेमोरियल हस्पिटल बनेपामा उपचार भइरहेको सिन्धुपाल्चाेकका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए । उपचाररत घाइतेमध्ये ६ को अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । नदीमा डुबेको बसलाई क्रेनले तानेर किनारमा निकालिएकाे छ ।

Read more at news

At least 15 die in Sunkoshi bus plunge

ताजा अपडेट : मृत्यु हुनेको संख्या १५ पुग्यो

बस दुर्घटना अपडेट : देउराली बजारबाट बस छुट्दा ३४ जना यात्रु थिए : प्रहरी

बस दुर्घटना अपडेट : ९ काे शव फेला, खोजी कार्य जारी (भिडियाेसहित)

सुकुटेमा बस दुर्घटना ६ को निधन ( भिडियाेसहित ) 

bus ac list kantipathnews

Kantipath Media

यो छुट्टाउनु भो कि..