काँग्रेस नेता डा. चन्द्र भण्डारीका भाई डा.शंकर भण्डारीको दुर्घटनामा मृत्यु

मंगलबार साँझ रुपन्देहीमा भएको कार दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ । दुर्घटनामा गुल्मीका डा.शंकर भण्डारीको मृत्यु भएको हो । रुपन्देहीको देवदह नगरपालिका १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा लु १७ च ६०६६ नम्बरको कार दुर्घटनामा परी भण्डारीको मृत्यु भएको हो ।

डा.भण्डारीको दुर्घटनामा परेर मृत्यु भएको भण्डारी निकट माधव न्यौपानेले जानकारी दिए । दुर्घटनापछि गम्भीर घाइते भण्डारीलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी हृदयरोग तथा मुटु अस्पतालमा ल्याएलगत्तै चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

भण्डारी आफैंले चलाएको कार कल्भर्डमा खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । कारमा सँगै रहेका आफन्त थानेश्वर भण्डारीको अवस्था भने सामान्य रहेको छ । मृतक भण्डारी काँग्रेस नेता चन्द्र भण्डारीका कान्छा भाई हुन् । मृतक भण्डारी त्रिवि खेलकुद निर्देशनालयका निर्देशक थिए।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..