हेलम्बुमा फेरी बाढीको बितण्डा : चनौटेको रातोपुल बगायो, टुट्यो मेलम्चीसँगको सम्पर्क

मेलम्ची खोलामा आएको बाढीले हेलम्बु गाउँपालिकास्थित चनौटेमा रहेको रातोपुल बगाएको छ। मेलम्चीको बाढीले आइतबार बिहान साढे सात बजेतिर रातोपुल बगाएको माओवादी केन्द्रका नेता समिर गिरीले जानकारी दिए। बाढीले ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुलसमेत बगाएको छ। नदीको सतह बढेपछि ग्यालथुम बजारसमेत जोखिममा गिरीले बताए।

यसअघि असार १ गतेको बाढीले सामान्य क्षति पुगे पनि पुल भने बगाएको थिएन। असार १ गते आएको भीषण बाढीले मेलम्चीमा रहेको पुल बगाएसँगै पाँच पोखरीसँग सम्बन्ध विच्छेद भएको भएको थियो।

रातोपुल बगाएसँगै हेलम्बुसँगको सम्बन्ध टुटेको छ भने मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणसमेत प्रभावित बनेको छ। मेलम्ची–७ र ८, पाँचपोखरी १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एक मात्र विकल्पका रूपमा यो पुल रहेको थियो ।पुल बगाएसँगै अब यस भेगमा सवारी आवतजावत बन्द भएको छ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..