बँदेल मार्न थापिएको पासोको करेन्ट लागेर ३ जनाको मृत्यु

बँदेल मार्न थापिएको विद्युतीय पासोमा परेर बर्दियामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। ठाकुरबाबा नगरपालिका ३ का ३२ वर्षीय बालकृष्ण थारु, उनकी श्रीमती २९ वर्षीया सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षीया बेलमती थारुको विद्युतीय पासोमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ

सुरुमा एक जनालाई करेन्ट लागेपछि बचाउने क्रममा अरु दुई जनालाई पनि करेन्ट लागेको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक कविराज रोकायाले जानकारी दिए। बँदेललाई पासो थाप्ने स्थानीय राजबहादुर शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..