जिप दुर्घटना

Jeep Accident KANTIPATHNEWS

सुदुरपश्चिमकाे डडेल्धुरामा भागेश्वर गाउँपालिका–४ सेरागाडमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। बुधबार बिहान १० बजेतिर भागेश्वर गाउँपालिका–४ सेरागाडमा म १ ज २१० नम्बरको जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको हो।

डडेल्धुराको देवल दिव्यपुरबाट जिल्ला सदरमुकाम आउँदै गरेको जिप दुर्घटना हुँदा बैतडीको पाटन नगरपालिका–७ का ६३ वर्षीया मानमतीदेवि चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

याे पनि पढ्नुहाेस् : ट्युसन पढ्न गएका ८ विद्यार्थी बेहोस, एकजनाको मृत्यु

पाल्पामा ट्युशन पढ्न विद्यालयमा जाँदै गरेकी एकजना छात्राको बेहोस भएर मृत्यु भएको छ। रम्भा गाउँपालिका–५ ताहुँस्थित रम्भा माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छात्रा कमला फाल मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाकाले जनाएकाे। रम्भा गाउँपालिका–६ हेक्लाङ घर भएकी उनी ट्यूशन पढ्न विद्यालय जाँदै गरेकी थिइन्। प्रहरीका अनुसार विहान ८ बजे ट्यूशन पढ्न जाँदै गरेकी उनी विद्यालय नजिकै पुग्दा बेहोस भएकी थिइन्। उपचारको लागि तानसेनतर्फ ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो।

उनीसँगै रहेका अन्य ६ जना छात्रा र १ जना छात्र पनि बेहोस भएका छन्। बेहोस भएका मध्य तीनजनाको तानसेनस्थित लुम्विनी मेडिकल कलेज प्रभास र दुइजनाको युनाइटेड मिशन अस्पतालमा उपचार भइरहेको छ। अन्य दुइजनाको भने ताहुँ प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले बताए। बेहोस भएका ७ जनाको अवस्था सामान्य रहेको छ। विद्यार्थी के कारणले बेहोस भन्नेबारे अहिलेसम्म खुलेको छैन।

Kantipath Media

यो छुट्टाउनु भो कि..