जीप दुर्घटना, चालक र सहचालकको मृत्यु

design accident jpgबागलुङ । तिहारको मुखमा जिल्लामा जीप दुर्घटना भएको छ । बागलुङको मानखोला गाउँपालिकामा शुक्रबार राति भएको दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको छ ।

तमानखोला गाउँपालिका वडा नम्बर ३ तमानदेखि वडा नम्बर–१, बोङ्गादोभान बजारतर्फ आउँदै गरेको ध १ ज ७०५ नम्बरको जीप रिक्लाङमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बागलुङ प्रहरीका अनुसार दुर्घटनामा परि ज्यान गुमाउनेमा तमानखोला गाउँपालिका–१ का चालक झकबहादुर विक र सहचालक ओमबहादुर गोतामे रहेका छन् ।

यात्रु छोडेर घरतर्फ फर्कदै गरेका जीप घुम्तीमा साँघुरो भएका कारण सडकदेखि तल खसेको बताइएको छ । दुवै जनाको शव पाेस्टमर्टमका लागि शुक्रबार राति नै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..