खाेलाले बस बगायाे, चालक र सह-चालक को सकुशल उद्दार

bus110

ग्वार खोलामा आएको बाढीले बस बगाएको छ । खोलामा सफा गर्दै गरेको बसलाई बाढीले बगाएको प्रहरीले जनाएको छ । प्रहरीले चालक र सह–चालकलाई भने सकुशल उद्धार गरेको छ । ना ४ ख ३५६५ नम्बरको बसका चालक रमेश थापा र सह-चालक निर्मल पुनको सकुशल उद्दार गरिएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रेमबहादुर शाही, सशस्त्र प्रहरीका डीएसपी रोमबहादुर कार्कीलगायतको टिम खोलामा पुगेर चालक र सह-चालकको उद्दार गरेको हो ।उद्धारमा खटिएका डीएसपी शाही खोलामा चिप्लिएर सामान्य घाइते हुनु भएको छ । उहाँको टाउको र ढाडमा चोट लागेको छ ।ग्वार खोलामा बाढी आउँदा घोराही–तुलसीपुर सडक अवरुद्ध भएको छ ।

बस ठोकिँदा ३४ घाइते, ८ गम्भीर

सुर्खेत वीरेन्द्रनगरदेखि करीब ३७ किलोमिटर दूरीमा रहेको भेरीगङ्गा नगरपालिका–२ सत्तरीस्थित दुई बस एकापसमा ठोक्किँदा बसमा सवार ३४ जना घाइते भएका छन् ।

शुक्रबार साँझ सुर्खेत–नेपालगञ्ज सडकखण्डको सत्तरीस्थित बुटवलबाट सुर्खेत आउँदै गरेको पश्चिम नेपाल बस यातायात समितिको ना ४ ख ३८२७ र सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको काक्रेविहार बस व्यवसायी समितिको ना ६ ख ९६७० नम्बरको बस एकापसमा ठोक्किँदा ३४ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

नेपालगञ्ज जाँदै गरेको बसको स्ट्रिरिङमा च्यापिएका चालक नेपालगञ्ज उपमहानगरपालिका निवासी २६ वर्षीय टेकबहादुर कुँवरलाई उद्धार गरी उपचारका लागि नेपालगञ्ज पठाइएको प्रवक्ता क्षेत्रीले बताउनुभयो ।

उहाँका अनुसार गम्भीर घाइते वीरेन्द्रनगरपालिका ४ सुर्खेतका १५ वर्षीय स्नेहा गौतम, ४० वर्षीय सरिता पौडेल, वडा १ का ५२ वर्षीय चन्द्रदेव गिरी, ६ का २८ वर्षीय कमला शर्मा, ३ का ३३ वर्षीय जानुका गौतम, १२ का २० वर्षीय लियोजन कुमार थापामगर, मालिका गाउँपालिका १ गुल्मीका ३० वर्षीय रेशम श्रीष र बर्दिया बानियभारका ६७ वर्षीया कौशिला सापकोटाको देउती नर्सिङ होम सुर्खेतमा उपचार भइरहेको छ ।

बाँकी सबैको स्थानीय नर्सिङ होम र अन्य स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ना ४ ख ३८२७ का बस चालक जीवन राना फरार रहेको र उनको खोजतलास भइरहेको छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..