बाढीपिडितलाई राहत लिएर दीपक मनाङेसहित मनाङ पुगे मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल राहत सामग्रीसहित मनाङ उडेका छन्। गृह मन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकोप्टरमार्फत् औषधि, खाद्य सामग्री र टेन्ट लिएर मुख्यमन्त्री नेपाली, मन्त्री राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’ र सांसद चिन्तबहादुर घलेसहितको टोली मनाङ उडेको हो।

पछिल्ला केहीदिन यताको अविरल वर्षापछि मनाङका तीन सय परिवार विस्थापित भएका छन् । वर्षापछि त्यहाँ ताचै जाने बेलिब्रिज, थोंचे–चिल्चेतिर जाने झोलुंगे पुल, नासों गाउँपालिकाको कार्यालय, सीमा प्रहरी चौकी बाढीले बगाएको थियो । मनाङको ङावलमा पहिरोले मर्स्याङ्दी नदी थुनिएपछि चामेका करिब ६० घर र तालगाउँका ४८ घरधुरी डुवानमा परेका थिए ।

प्रदेश सरकारले प्रदेशस्तरीय विपद् कोषमा ५ करोड रुपैयाँ राख्ने निर्णय गरेको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलको अध्यक्षतामा बिहीबार बसेको प्रदेशस्तरीय प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले उक्त निर्णय गरेको हो।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..