जरैदेखि उखेलियो हेलम्बुको प्रहरी चौकी : उद्दारमा जुटेका प्रहरी नै जोखिममा

हेलम्बु गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय शुक्रबार राति मेलम्ची खोलामा आएको बाढीले गज नै देखिने ढलाएको छ । भवनसँगै केही सामानहरू पनि बगाएको इलाका प्रहरी कार्यालयले जानकारी दियो । केही महत्वपूर्ण सामानहरू भने पहिल्यै नै सुरक्षित स्थानमा सारिएको छ । थप क्षतिबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एक्कासी बाढी बढेपछि स्थानीयमा झन् त्रास बढेको छ । स्थानीय प्रशासनले नदी आसपासका नागरिकलाई सुरक्षित स्थानमा बस्न र सावधानी अपनाउन आग्रह गरेको छ । मेलम्ची खोला मिसिएर बग्ने इन्द्रावती नदीको बाढीले काभ्रपलान्चोकस्थित दोलालघाट पुल पनि जोखिममा परेको छ ।

सिन्धुपाल्चोककै सुनकोशी र भोटेकोशी नदीमा पनि पानीको बहाव बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उक्त नदी आसपासका बासिन्दालाई पनि सुरक्षित रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..