प्रहरीको गाडीले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु

दाङको लालमटियामा प्रहरीको भ्यानले ठक्कर दिँदा एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीको भ्यानले बिहीबार राति करिब १२ बजे भे. १ प ८४२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल चालकको पहिचान खुलेको छैन । इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक भुवन भट्टले मृतकको पहिचान खुल्न बाँकी रहेको बताए ।

मोटरसाइकल चालक करिब २५ वर्षका युवक हुन् । गाडीसँग ठोक्किएर मोटरसाइकल सडक छेउको बिजुलीको पोलमा ठोक्किएको प्रहरीको दावी छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..