धुधौरामा भाले गैँडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला परेको छ । निकुञ्जको धुधौरा क्षेत्रमा बिहीबार अन्दाजी २५–३० वर्षको भाले गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार दुई वटा भाले गैँडा एकआपसमा जुधेर उक्त घटना भएको निकुञ्जको अनुमान छ । मृत्यु भएको गैँडाको खाग र खुर सुरक्षित रहेको अधिकारीले बताए ।

निकुञ्जमा चालु आर्थिक वर्ष २०७८÷७९ मा तीन वटा भाले गैँडाको मृत्यु भएको छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..