३ जना सवार मोटरसाईकल दुर्घटना हुँदा ठिमी चारदोवाटोमा एक जनाको मृत्यु

भक्तपुरको ठिमी चारदोवाटोमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराती बा.७७ प ५६०५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोलुखुम्बु घर भएका रमेश कुमार बस्नेतको मृत्यु भएको हो।

मोटरसाइकलमा ३ जना सवार थिए । अनियन्त्रित भएर आइल्याण्डमा मोटरसाईकल ठोक्किँदा गम्भिर घाइते भएका बस्नेतको उपचारको क्रममा त्रि.वि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो । मोटरसाइकल पछाडी सवार उदयपुरका लोकेन्द्र मग्राती र सिन्धुलीका अमित जैरु घाइते भएका छन् । उनीहरुकोे त्रि.वि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..