हात्ती चढेर गैँडा गणना गर्न गएको टोलीमाथि बाघको आक्रमणमा माउतेको मृत्यु

576872949

576872949

बर्दिया राष्ट्रिय निनुञ्जमा गैँडा गणना गर्न गएको टोलीमाथि बाघले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ। आइतबार साँझ पौने ६ बजेतिर ठाकुरबाबा नगरपालिका–९ गैडामचानस्थित राष्ट्रिय निकुञ्ज भित्र गैँडा गणना गर्न गएका बेला निकुञ्जमै कार्यरत हात्तीका माउते ३५ वर्षीय पुलिसराम थारुको बाघको आक्रमणमा परी मृत्यु भएको हो।

थारु हात्ती चढेर गैँडा गणनाको कार्यमा संलग्न रहेका थिए। तर हात्तीबाट भुईँमा झरेका बेला चौधरीलाई बाघले आक्रमण गरी लगेको हो। उनको शव घटनास्थल भन्दा केही पर फेला परेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले जानकारी दिए। उनका अनुसार आक्रमणकारी बाघ नियन्त्रणमा लिइएको छ।

करिब १० वर्षको भाले बाघ अहिले ठाकुरद्वारामा राखिएको छ र काठमाडौँस्थित चिडियाखाना पठाउने तयारी भइरहेको छ। बाघकाे आक्रमणका कारण गैँडा गणना साेमबारका लागि स्थगित गरिएकाे छ।

Kantipath Media

यो छुट्टाउनु भो कि..