खोटाङमा २ वडाअध्यक्षबीच कुर्सी हानाहान : बजेटमा विवाद

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यापालिका बैठकमा वडाध्यक्षहरुबीच कुर्सी हानाहान भएको छ । बजेट विनियोजन गरेको भन्दै बैठकमा विवाद भएपछि वडाध्यक्षहरुबीच झडप भएको हो ।

वडा नम्बर ५ का वडाध्यक्ष निर्मल राई र वडा नम्बर ८ का वडाध्यक्ष लीला चौहानबीच कुर्सी हानाहान भएको हो । बिना शीर्षकको बजेट विनियोजन भएको भन्दै बैठकमा विवाद हुँदा कुर्सी हानाहान भएको स्थानीयले बताए ।

आर्थिक वर्ष २०७८/७९को बजेट तथा कार्यक्रममा नगरप्रमुख रिजालले चार करोड ३१ लाख बजेट शीर्षक बिनै अदृष्य तरिकाले खर्च गर्न पाउने गरी विनियोजन गरेपछि मंगलबारको नगर कार्यपालिकाको बैठक वडाध्यक्षहरुले बाहिस्कार समेत गरेका छन् ।

१५ वटा वडा रहेको यो नगरपालिकमा ७३ जना नगरसभा सदस्य छन् । तीमध्ये एमालेका ३६ र कांग्रेस, माओवादी र जनता समाजवादीका ३७ नगर सदस्य छन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..