annapurna add

भारत उत्तर प्रदेशको औरैया जिल्लामा शनिबार बिहान ट्रक दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको छ ।

दुईवटा ट्रक ठोक्किँदा भएको दुर्घटनामा २४ मजदुरको निधन भएको भारतीय सञ्चारमध्यमहरुले जनाएका छन् ।

दुर्घटनामा अरु धेरै मजदुर घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मुख्यमन्त्री योगी आदित्यनाथले प्रभावितलाई राहत प्रदान गर्न निर्देशन दिनुभएको छ ।

दुर्घटनामा मृत्यु हुने तथा घाइते हुने अधिकांश मजदुर बिहार, झारखण्ड र पश्चिम बंगालका हुन् । उनीहरु लकडाउनकै क्रममा घर फर्कने प्रयासमा थिए ।

(एजेन्सी)

प्रकासित मिति

Loading...
Loading...

 

Loading...