Hidden
सिनाई क्षेत्रमा सैन्य हेलिकप्टर दुर्घटना हुँदा ७ सैनिकको मृत्यु
इजरायल–इजिप्टको शान्ति सम्झौताको अनुगमनमा खटिएको अन्तर्राष्ट्रिय शान्ति सैनिक सवार एउटा हेलिकप्टर बिहीबार साँझ दुर्घटनाग्रस्त हुँदा सात सैनिकको मृत्यु भएको छ।
इजिप्टको सिनाई क्षेत्रमा नियमित उडान भरिरहेको हेलिकप्टर दुर्घटना भएको हो । प्राप्त समाचार अनुसार दुर्घटनामा पाँच अमेरिकी सैनिकको मृत्यु भएको थियो। दुर्घटनामा आठ सैनिक गम्भीर घाइते भएका छन्।
बहुराष्ट्रिय सैन्य तथा निरीक्षण केन्द्रका अनुसार दुर्घटनामा फ्रान्स र चेक गणतन्त्रका एक एक सैनिकको पनि ज्यान गएको छ। मृत्यु भएकाहरुको नाम सार्वजनिक गरिएको छैन। घाइते सैनिकहरु सबै अमेरिकी रहेका छन्।
प्रकासित मिति
Loading...
Loading...
Loading...