annapurna add

narayangarh muglin kathmandu dhading trishuli road 9

विराटनगरबाट काठमाडौँका लागि छुटेकाे मालबाहक कन्टेनर चितवनकाे इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । ट्रकका चालक भने सामान्य घाइते भएका छन् । बेपत्ता कन्टेनरको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ३ ख ८९८७ नम्बरको कन्टेनर र काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५६८७ नम्बरको ट्रक एकापसमा सो स्थानमा ठक्कर खाँदा बिहीबार बिहान कन्टेनर त्रिशूलीमा खसेको हो । प्रहरीका अनुसार उनको स्थानीय मेडिकलमा उपचार र कन्टेनरमा भाटभटेनी सुपरमार्केटको सामान रहेको जनाइएको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...