annapurna add

काठमाडौं । लकडाउनमा सडक खुल्ला भएको बेला तीव्र गतिमा हुँइकिएको कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

asdntttकलंकीबाट कालिमाटीतर्फ आइरहेको कारले कालिमाटीबाट कलंकी तर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मोरङ घर भएका टीकाराज गेलाल मासु पसलमा काम गर्दै आएका थिए । उनी कुखुराको मासु बोकेर आएका थिए ।

प्रहरीका अनुसार, बा २१ च ४३४७ का निजी कार चालक नेपाली सेनाको जंगीअड्डामा कार्यरत लेफ्टिनेन्ट कर्णेल शिखर जबरा हुन् ।

उनलाई अहिले महानगरीय प्रहरी बृत्त कालिमाटीमा राखिएको छ ।

कर्णेल जबरा काठमाडौंको स्युचाटार निवासी हुन् । उनी कलंकीबाट कालिमाटीतर्फ आइरहेका थिए भने मासु बोकेको मोटरसाइकल कालिमाटीबाट कलंकीतर्फ गइरहेका थिए ।

बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल र बा २१ च ४३४७ कार काठमाडौंको रविभवनमा एक आपसमा जुध्दा मोरङ घर भएका २३ वर्षीय गेलालको मृत्यु भएको ट्राफिक महाशाखाले जनाएको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...