Hidden
हङकङको रेष्टुरेन्टमा आगलागी हुँदा सात नेपालीको मृत्यु
हङकङको याउमातेइमा नेपालीले सञ्चालन गरेको एक रेष्टुरेन्टमा आइतबार राती आगलागी हुँदा कम्तिमा सात जना नेपालीको मृत्यु भएको छ। मृत्यु भएका १० वर्षीय बालकसहित चार पुरुष र तीन महिलाको सनाखत भइसकेको छैन। तर उनीहरू अधिकांश बागलुङ जिल्लाका हुन्।
उपचार गराइरहेका अन्य कम्तिमा १० जना घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। हङकङको समय अनुसार आइतबार राती करिब ८ बजे भएको आगलागीमा १३ जना गम्भीर घाइतेलाई प्रहरीले उद्धार गरेको थियो। घटनास्थल याउमातेइको क्यान्टोन रोड र साइगोन रोडको बीचमा पर्छ, जुन हङकङका नेपाली बसोबास गर्ने एउटा मुख्य क्षेत्र हो। अग्नि नियन्त्रक सुरक्षाकर्मीले करिब आधा घण्टामा आगलागी नियन्त्रणमा लिएका थिए।
प्रकासित मिति
Loading...
Loading...
Loading...