annapurna add

काठमाडौं: रसियाको राजधानी मस्कोको उत्तरपश्चिम क्षेत्रमा एउटा एमआई-८ हेलिकप्टर दुर्घटना भएको छ ।

हेलिक्पटर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार तीन जनाको मृत्यु भएको छ । आपतकालीन सेवाका प्रवक्ताले हेलिकप्टरमा सवार चालक दलका तीनै जनाको मृत्यु भएको पुष्टि गरेका हुन् ।

उनले हेलिकप्टरका ब्लाकबक्स भेटिएको बताएका छन् । मस्कोको बाहिरी क्षेत्रमा पर्ने क्लिन शहरबाट करिब २० किलोमिटर टाढा तालिमका क्रममा हेलिकप्टर मंगलबार दुर्घटनाग्रस्त भएको थियो ।

रसियाली रक्षा मन्त्रालयले हेलिकप्टरमा विस्फोटक पदार्थ नरहेको जनाएको छ । प्रारम्भिक विवरणमा उक्त दुर्घटना प्राविधिक कारणबाट भएको जनाइएको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...