अस्ट्रेलियामा भेटियो तीनवटा आँखा भएको अजिङ्गर

वन्यजन्तु अधिकारीहरूले उत्तरी अस्ट्रेलियाको राजमार्गमा भेटिएको एउटा तीनआँखे सर्पको तस्बिर सार्वजनिक गरेका छन्। नोर्दन टेरिटोरी पार्क्स एन्ड वाइल्डलाइफ सर्भिसले इन्टरनेटमा धेरैले शेयर गरेको तस्बिरमा देखिएको सर्पलाई ‘अद्भुत’ भनेको छ।

मोन्टी पाइथन नाम दिइएको उक्त सर्प अजिङ्गर प्रजातिको हो। तर मार्चमा भेटिएको सो सर्प केही हप्तामै मरेको थियो। विज्ञहरूले सर्पको टाउकोमा भएको अतिरिक्त आँखा आनुवांशिक संरचनामा भएको परिवर्तनका कारण बनेको बताएका छन्।

पन्ध्र इन्च लामो सो सर्पलाई अनौठो टाउकोको कारण खान समस्या परेको थियो। बीबीसी

Kantipath Media

यो छुट्टाउनु भो कि..