भ्यागुतोले पत्ता लगाउन सक्छ, ‘तपाईं गर्भवती भए /नभएको’

जेनोपस भनिने यो अफ्रिकी भ्यागुतो सब सहारा क्षेत्रको पानीमा दसाैं लाख वर्षदेखि पाइन्थ्यो। सन् १९३० को एक दिन एक ब्रिटिस वैज्ञानिकले त्यसमा पिसाबको सुई दिने निर्णय गरे।

ल्यान्सलट हगबेन एकजना जनावर विज्ञ थिए। उनमा जनावरलाई हर्मोनको सुई लगाउने रुचि थियो। त्यसरी सुई हाल्दा ती जनावरले कस्तो प्रतिक्रिया दिन्छन् भन्ने हेर्नु उनको ध्येय थियो ।

यस्तै, परीक्षण गर्ने क्रममा उनले गर्भवती भएका बेला उत्पन्न हुने हर्मोनले यी शान्त जनावरमा तत्काल फुल पार्ने अवस्था उत्पन्न गर्ने पत्ता लगाएको बीबीसीमा समाचार छ।

यो परीक्षण यति सही थियो कि दुई दशकसम्म यस्ता दसाैं हजार भ्यागुतामा पिसाबको सुई लगाइयो । मरिन सिमन्सले सन् १९६० मा यस्तो जेनोपस गर्भ परीक्षण गरेको सम्झन्छिन्।

उनले भनिन्, मलाई अझ पनि सम्झना छ, कम्तीमा दुईपटक सेतो कोट लगाएका डाक्टर आएर सन्तोष प्रकट गर्दै तिमी गर्भवती थियौ, भ्यागुताहरूले अन्डा पारेका थिए ।

जेनोपस परीक्षण आमसर्वसाधारणका लागि उपलब्ध थिएन। तिनलाई संकटग्रस्त अवस्थाहरू जस्तो कि ट्युमर बढेका कारण प्रभावित पेटको बच्चाबारे थाहा पाउने जस्ता अवस्थाका लागि छुट्याएर राखिन्थ्यो।

मरिनका दुई बच्चा खेर गएका थिए र भ्यागुताका कारण त्यो थाहा पाउन सकिएको थियो। उनी भन्छिन्,
ती सबै परीक्षण गर्न पाउने म कति सुविधासम्पन्न थिएँ भन्ने म अहिले महसुस गर्छु।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..