यस्तो रहेछ गुरिल्लाको भाइरल सेल्फीको वास्तविकता

दुई वटा गुरिल्लासँग रेन्जर अधिकारीले लिएको सेल्फी अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। तस्वीरमा दुई गुरिल्ला सेल्फीका लागि निकै नै स्टाइलिस पोज दिँदै गरेको अवस्थामा देखिएका छन् ।

रेन्जर अधिकारीहरुले यो दुई गुरिल्लालाई त्यतिबेला बचाएका थिए जतिबेला उनीहरु साना थिए । यो सेल्फी कंगोको वीरुंगा नेशनल पार्कमा लिइएको हो, जहाँ जनावरहरुलाई उनीहरुका आमाबाको शिकारीहरुले हत्या गरेपछि ल्याएर राख्ने गरिन्छ ।

पार्कका निर्देशकले बीबीसी न्युजडेलाई बताएअनुसार गुरिल्लाहरु आफ्नो हेरचाह गर्नेको नक्कल गर्न सिक्ने गर्दछन्। उनका अनुसार रेञ्जर अधिकारीलाई उनीहरु आफ्नो आमाबालाई जसरी नै लिने गर्दछन्।

वीरुंगा नेशनल पार्कका निर्देशक इन्नोसेन्ट मब्युरनम्वेले बीबीसीसँग भने कि यी दुई गुरिल्लाको आमाको हत्या सन् २००७ जुलाई महिनामा भएको थियो । त्यतिबेला यी गुरिल्ला मात्र दुई र चार महिनाका थिए । केही समयपछि दुवैलाई वीरुंगाको एउटा अभयारण्यमा लगियो, जहाँ उनीहरु अहिलेसम्म बसिरहेका छन्।

पार्कका निर्देशकले भने–किनभने दुवै गुरिल्ला रेन्जर अधिकारीका साथ बढेहुर्केका हुन् । जसले उनीहरुलाई बचाएका थिए, उनीहरु अहिले मानिसको नक्कल गर्न थालेका छन् । र, दुई खुट्टामा उभिएर बस्नु उनीहरुको मानिसजस्तै बन्ने कोशिस गर्नु हो ।

उनी भन्छन्–तर यो आम रुपमा हुँदैन ।

‘म यो देखेर चकित थिएँ । त्यसैले यो निकै रोचक छ । एउटा गुरिल्लालाई मानिसजस्तै उभिएको देख्नु र त्यसको नक्कल गरेको हेर्नु निकै रोचक छ ।’

उनले भने–एउटा रेन्जर हुनु सबै रोचक मात्र हुँदैन, यो निकै खतरनाक काम हो ।

गत वर्ष वीरुंगा नेशनल पार्कमा पाँच जना रेञ्जर अधिकारीको हत्या संदिग्ध विद्रोहीहरुले एम्बुस थापेर गरेका थिए । सन् १९९६ देखि अहिलेसम्म १३० जना रेन्जरको हत्या भइसकेको छ ।

पूर्वी कंगोमा सरकार र विभिन्न सशस्त्र समूहबीच संघर्ष चलिरहेको छ। यसमध्ये केही सशस्त्र समूहले पार्कलाई आफ्नो बासस्थान बनाएका छन् । जहाँ उनीहरु अक्सर जनावरको शिकार गर्ने गर्दछन् । बीबीसी

Kantipath Media

यो छुट्टाउनु भो कि..