श्रीमानहरु मिलेर श्रीमती अदलाबदली, महिला पुगिन प्रहरीमा, चार पक्राउ

प्रहरीले भारतको केरलको पलपुझा र कोल्लमबाट चार जनालाई आफ्नो श्रीमती अदलाबदली गरेको आरोपमा पक्राउ गरेको छ।

प्रहरीले दिएको जानकारीअनुसार पक्राउ परेका व्यक्तिहरुको उमेर २५ देखि ३२ वर्षबीच छ। घिनलाग्दो यो घटनाको खुलासा त्यतिबेला भयो जब आरोपितमध्ये एककी श्रीमती प्रहरी कार्यालयमा पुगिन् ।

कार्यबाहक प्रहरी उपनिरीक्षक सीएस शेरोनका अनुसार एउटा ट्राभल एजेन्सीमा काम गर्ने मुख्य आरोपीकी श्रीमतीले आफ्नो उजुरीमा आफ्नो श्रीमानले अन्य व्यक्तिका साथ शारीरिक सम्बन्ध कायम गर्न दबाव दिएको उल्लेख गरेकी छन्।

महिलाले आफ्नो पीडा प्रहरीसामु बताउँदै भनेकी छन् कि जब उनले श्रीमानको कुरा अस्वीकार गरिन् तब उनलाई सम्बन्ध विच्छेद गर्ने धम्कीसमेत दिइयो । उनलाई प्रताडित गर्ने प्रयास गरियो । प्रहरीका अनुसार मुख्य आरोपी शोसल साइट शेयर चेटको लती थिए ।

महिलाले प्रहरीलाई बताएअनुसार उनीसँग कोझिकोडका एक व्यक्ति र उनी श्रीमती तथा अन्य दुई जना व्यक्तिले पनि उनलाई भेटेका थिए । जब महिलाले उनीहरुको हर्कतमा सामेल हुन अस्वीकार गरिन् तब उनीमाथि हिंस्रक व्यवहार गरियो ।

प्रहरीले आरोपीहरुमाथि आईपीसीको धारा ३५४, ३६६, ३७६, ३४ अन्तर्गत मुद्दा चलाएको छ। एजेन्सी

Kantipath Media

यो छुट्टाउनु भो कि..