२ करोडको गाडी किनेर तेल हाल्न कुखुरा चोरी

संसारमा मान्छेका साेख अनेक हुन्छन् । साेख पूरा गर्न मान्छे अनेक हर्कत गर्न पनि तयार हुन्छन् । चीनमा एउटा घटना निकै चर्चित भएको छ । यसले सबैलाई चकितसमेत पारेकाे छ ।

एक जना किसानले साेख पूरा गर्न २ करोडको बीएमडब्लू कार किने । केही दिन त रमाइलो भयो । तर सधैं कारमा तेल भर्न सामान्य आम्दानीले सजिलो थिएन । त्यसपछि उनले कुखुरा चोरी सुरु गरे ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको समाचारअनुसार ती व्यक्तिले अरुका घरमा गई हाँस र कुखुरा चोरी गरी बजारमा ल्याएर बेच्थे र त्यही पैसाले गाडीमा पेट्रोल हाल्थे ।

उनी सिचुवान प्रान्तको लिनसुई काउन्टीमा पक्षी चोरी गरिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

किसानले लगातार कुखुरा र हाँस हराउन थालेपछि प्रहरीमा उजुरी दिएका थिए । उनले प्रहरीसमक्ष आफ्नो अपराध स्वीकार गरेका छ्न् ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..