Hidden
ढाका टोपी लाएर बीबीसी मास्टर सेफको फाईनलमा प्रतिष्पर्धा
नेपाली सेफ सन्तोष साह बीबीसी मास्टर सेफको शीर्ष तीनमा पुगेका छन् । बुधबार राति बीबीसी वानमा प्रसारण भएको मास्टर सेफ प्रोफेसनल २०२० मा सन्तोषले उत्कृष्ट तीन सेफको स्थानमा पर्न सफल भएका हुन् । प्रतियोगिताको फाइनल बिहीबार हुँदैछ ।
नेपाली टोपी लगाएर मास्टर सेफको प्रतियोगितामा आएका सन्तोषले आफ्नो सबैभन्दा प्रिय व्यक्तिलाई समर्पित गरेर खाना बनाउनु पर्ने राउन्डमा आमालाई सम्झिए । सन्तोषले यो प्रतियोगितामा पुरी, गँगटाको तरकारी, भुटेको चिउरा, भुटेको खुर्सानी, खिरलगायतका परिकार तयार पारेका थिए ।
प्रकासित मिति
Loading...
Loading...
Loading...