गैंडाकोटमा ब्यूटीपार्लर हिंडेकी बेहुली ४ लाखको गहना र एक लाख नगद लिएर फरार

गैंडाकोट नगरपालिकामा विवाहको दिन बेहुली बेहुलातर्फको गरगहना र नगद लिएर गायब भएकी छन् । शनिबार विवाहको कार्यक्रम हुँदै गर्दा ब्यूटी पार्लर जान्छु भनेर हिँडेकी बेहुली उतैबाट फरार भएपछि बेहुला पक्षले प्रहरीमा उजुर हालेका छन् ।

दुई महिनादेखि गैंडाकोट–४, लखनचोकको डेरामा एक्लै बस्दै आएकी गोरखा घर बताउने २८ वर्षीया सलिना खनाल ४ लाख रुपैयाँ बराबरको गरगहना र १ लाख नगद लिएर फरार भएको बेहुलाको परिवारले बताएको छ । यो विषयमा अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय,गैंडाकोटले बतायो । भिडियो स्रोत : विजय एफएम

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..