पुर्वराजा विरेन्द्रको नाम स्विस बियर कम्पनीले बेच्दै !

स्विजरल्यान्डमा नेपालका लोकप्रिय राजा श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेवको नाम बियर बनाएर बेचिरहेको छ । स्विजरल्याण्डको एक बियर कम्पनीले ‘वीरेन्द्र बियर’ ब्राण्ड बनाएर बियर बेचेको हो । बियरको लेबलमा बियर हातमा लिएर मुस्कुराउँदै गरेका राजा वीरेन्द्रको फोटोसमेत राखिएको छ। Turbinenbräu नामको स्विजरल्याण्डको कम्पनीले उत्पादन गरिरहेको यो बियरलाई स्पाइस्डरहर्ब्ड स्टाइलको बियरको श्रेणीमा राखिएको छ। यसको एउटा बोतलको मूल्य १. ८५ स्विस फ्र्याङ्क हो।

तर अर्को https:www.intercomestibles.ch नामक वेबसाईटका अनुसार CHF 44.40 मुल्य पर्न आउँछ यसको नेपाली भनेको ४ हजार ८ सय २७ रूपैंया पर्न जान्छ । फोटो अपलोड हुने वेबसाइट अनटायप्डमा थुप्रैले वीरेन्द्र बियर खाएको फोटो राखेका छन्।यो बियरको नामराजा वीरेन्द्रको नाममा राखिएको ले पनि याे कम्पनीले अन्तराष्ट्रिय जगतमा पनि राम्राे बजार लिएकाे छ ।

श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेव भनेर औपचारिक रुपमा हामीले सुन्दै आएको नामलाई ‘वीरेन्द्र बियर’ बनाएर एउटा स्विस कम्पनीले बेचिरहेको छ। वीरेन्द्र नामको यो बियरको लेबलमा बियर हातमा लिएर मुस्कुराउँदै गरेका राजा वीरेन्द्रको फोटोसमेत छ। पृष्ठभूमिमा पाँच तले मन्दिर पनि देखिन्छ।

१९९६ मा स्थापना भएकाे याे कम्पनीले अन्तराष्ट्रिय जगतमा पनि राम्राे बजार लिएकाे छ । स्वर्गीय राजा वीरेन्द्र वीरविक्रम शाहदेवको मदिरा पिउन लागेको अवस्थाको फोटो राखी स्वीजरल्याण्डको टुरविनेनब्राउ नामक मदिरा उत्पादक कम्‍पनीले वीरेन्द्र बियर नाम राखेर बेचेको भन्‍दै राष्ट्रिय स्तरमा फेरी विरोध उठ्न थालेका छन्।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..