पुरुष ट्याक्सी चालकको बलात्कार गर्ने युवती !

ओहायो—अमेरिकाको ओहायो राज्यमा एक महिलाले छुरा देखाएर पुरुष ट्याक्सी चालकको बलात्कार गरेकी छिन्। ती युवतीले चालकको साथमा भएको पैसा पनि लुटेको प्रहरीले जनाएको छ।

Brittany Carter

२३ वर्षीया युवती ब्रिटनी कार्टरले पक्राउ गरेको छ। बयानमा उनले आफ्नो अपराध कर्म स्वीकारेकी छिन्। एक पुरुष सहयोगीको साथमा उनले ट्याक्सी चालकलाई बलात्कार गरी पछि लुटपाट गरेकी थिइन्। प्रहरी प्रमुख रोबर्ट लिङ्कले घटनाको अनुसन्धान भइरहेको बताए। युवतीले लुटपाट गर्नुअघि बलात्कार गरेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ।

ती युवती सुरुमा यात्रु बनेर ट्याक्सीमा चढेकी थिइन्। पछि उनले ट्याक्सी चालकमाथि यस्तो हर्कत गरेकी हुन्। प्रहरीले बलात्कृत पुरुषको नाम सार्वजनिक गरेको छैन। पीडितकै उजुरीका आधारमा महिला पक्राउ गरेको प्रहरीले जनाएको छ।

ती युवती यसअघि २०१६ मा लागूऔषध बिक्रीको अभियोगमा दुई पटक पक्राउ परेकी थिइन्। लुटपाट तथा बलात्कारमा सहयोगी भूमिका निर्वाह गरेका पुरुष सहयोगी फरार छन्। एजेन्सी 

Kantipath Media

यो छुट्टाउनु भो कि..