दीपक मनाङे एउटा ‘फ्याउरे गुण्डा’ हो : पुर्व डिआईजी खरेल

गण्डकी प्रदेशको खेलकुद मन्त्रीमा नियुक्त भएका चर्चित ‘डन’ राजिब गुरुङ उर्फ दीपक मनाङेलाई गण्डकी प्रदेशका डिआइजी घनश्याम अर्यालले स्यालुट हानेको तस्बिर सामाजिक सन्जालमा एकाएक भाइरल बन्यो। उनले दीपक मनाङेलाई पटक- पटक पक्राउ गरेर मुद्दा चलाएका थिए । पूर्व आइजीपी खनाल र सांसद तथा पूर्व डिआईजी नववाज सिलवालले पनि मनाङेको अपराधको सन्जाल भत्काएका थिए।

मनाङेले मन्त्री बनेपछि नेताहरुलाई पाठ सिकाएर भाषण दिन थालेका छन्। यही बेला नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलले भने मनाङेलाई ‘फ्याउरे गुण्डा’को संज्ञा दिएका छन् ।

आइतबार एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै खरेलले यस्तो बताएका हुन् । पूर्व डिआइजी खरेलले भने, ‘दीपक मनाङे एउटा फ्याउरे गुण्डा हो । मन्त्री भयो । त्यसबाहेक तीन करोड नेपाली जनतालाई आतंक गर्ने मान्छेहरु प्रधानमन्त्री भइरहेका छन् । हिजो पनि भए, अहिले पनि छन् र भोली पनि हुन्छन । दीपक मनाङे जस्तो मान्छे एउटा फ्याउरे गुण्डा मन्त्री हुनु कुनै ठूलो कुरा होइन ।’

मनाङेलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो पद जोगाउने नाममा युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका थिए । जुन कुराले सिंगो एमाले पार्टीको सामाजिक सन्जालमा चर्को आलोचना र बदनाम भएको छ।

गुरुङ नेतृत्वको सरकार विरुद्ध अहिले प्रदेशमा माओवादी केन्द्रका १२, काँग्रेसका १५,राष्ट्रिय जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ सांसद खुलेर लागेका छन् । नयाँ सरकार गठनका लागि ३१ सांसदको समर्थन आवश्यक पर्छ । तर, चार पार्टी मिल्दा उनीहरुको पक्षमा ३२ सांसद हुन्छन् ।

अविश्वास प्रस्तावमा २८ जना सांसदको हस्ताक्षर छ । अविश्वास प्रस्तावसँगै कांग्रेस संसदीय दलका नेता कृष्ण चन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।

BK
http://kantipath.com

यो छुट्टाउनु भो कि..