अचम्मको संस्कार : बाबुले आफ्नै छोरीसँग गर्छन बिहे

bau chhori biheहामीकहाँ बाबुछोरीको नाता सबैभन्दा पवित्र मानिन्छ । तर बंगलादेशमा एउटा यस्तो आदिवासी समुदाय छ जहाँ बाबुले आफ्नै छोरीसँग शारीरिक सम्बन्ध राख्न पाउँछन् अनि बाबुुछोरीको सहवासमा आमाको पनि सहमती र स्विकृति रहन्छ ।

 

हामीकहाँ ठूलो पाप मानिने यस्तो परम्परा बंगलादेशको मन्डी नामक आदिवासी जनजाति समुदायमा प्रचलनमा छ ।

यो समुदायमा पुरुषहरुले छोरी जन्मिएसँगै आफ्नै छोरीसँग बिहे गर्ने सपना देख्छन् । अनि छोरीको उमेर पुुगेसँगै इच्छा जागेमा आफ्नै छोरीसँग सहवास र बिहे गर्दछन् ।

सदियौंदेखि यो परम्परा चलिआएको छ त्यहाँ । उक्त जनजाति समुदायएकी एक महिला ओरोलाका अनुसार उनी सानैँ छँदा उनका बुवाको मृत्यु भयो । त्यसपछि आमाले अर्कै पुरुषसँग बिहे गरिन् । त्यसयता उनले सौतेलो बाउलाई नै आफ्नो लोग्नेको रुपमा हेर्न बाध्य भइन् ।

प्रचलन अनुसार उक्त समुदायमा यदि कुनैपनि महिलाको पतिको कम उमेरमा मृत्युभएमा ती महिलाले आफ्नो लोग्नेको परिवारका कुनै पुरुष सदस्यसँग दोश्रो बिहे गर्नुपर्दछ । एजेन्सी

२०७३ फागुन १७ गते 

Kantipath Media

यो छुट्टाउनु भो कि..