गण्डकीमा ३ सांसदलाई कोरोना : भोट हाल्न पाउने

गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण देखिएको छ । प्रदेश सभा सभामुख नेत्रनाथ अधिकारीले ३ सांसदलाई कोरोना देखिएको पुष्टि गरे । मंगलबारको सदनमा सत्तारुढ दलले पिसिआर परीक्षणबिना संसद चल्न नदिने भन्दै अवरुद्ध गरेपछि साँझै स्वाब संकलन गरिएको थियो । आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध पेश भएको अविश्वास प्रस्तावमाथि मतदान हुने कार्यसूचि छ ।

मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कोरोना संक्रमण भएमा सांसदले मतदान गर्न पाउने तर सम्वोधन गर्न नपाउने निर्णय गरेको थियो । बुधबार सांसदहरुको कोभिड–१९ परीक्षणको नतिजा आएपछि दिउँसो १ बजे बस्ने गरी प्रदेशसभा बैठक डाकिएको छ । मंगलबार एमाले सांसदहरुले बैठकको सुरुमै उठेर आपत्ति जनाएका थिए । सांसद राजीव पहारीले कोरोना परीक्षणबिना बैठक राख्न नहुने बताएपछि सबै एमाले सांसदले उठेर आपत्ति जनाएका थिए ।

त्यसलगत्तै बसेको कार्यव्यवस्था समितिको बैठकले सबै सांसदको कोभिड १९ परीक्षण गर्ने निर्णय गरेको थियो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि मतदान केही दिन पर धकेल्न एमाले सांसदले पीसीआर परीक्षणको माग गरेका थिए ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..