जसपा कार्यकारिणी समिति बैठक बस्दै : महन्थ-राजेन्द्रलाई कारबाही हुन सक्ने !

जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। शुक्रबार अध्यक्ष महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई पार्टी संसदीय दलको नेता चयन गरेपछि अर्का अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईपक्षले बैठक बोलाएको हो।

आज १ बजेका लागि बैठक बोलाइएको छ। बैठकले पार्टीको विधान विपरित जानेहरुको विषयमा निर्णय लिन सक्ने उनले बताए। प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने विषयमा जसपाभित्र दुई धार देखिएको थियो।

उपेन्द्र-बाबुराम पक्षले विश्वासको मतको विपक्षमा मतदान गरेका थिएन भने महन्थपक्षका १५ जनाले विश्वासको मत दिएका थिए। भक्तपुरको एक रिसोर्टमा भएको सांसदको भेलाले महतो नेता चुनिएका हुन्। भेलामा १८ जना सांसद रहेको ठाकुर-महतो पक्षको दाबी छ।

जसपाको कार्यकारिणी समितिमा ५१ जना छन्। ती मध्ये रेशम चौधरी जेलमा छन्। कार्यकारिणी समितिमा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षसँग बहुमत छ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..