माधव पक्षका नेताले गोलाकारभित्रको हँसिया हथौडाबाट चुनाब लड्ने

राष्ट्रियसभाको दुई सिटका लागि हुन लागेको उपनिर्वाचनमा नेकपा एमालेविरुद्ध एमालेकै माधव नेपाल पक्षसहितको चार पक्षीय गठबन्धन बन्ने भएको छ । वागमती र लुम्बिनी प्रदेशका दुई सिटको लागि जेठ ६ गते उपचुनाव हुने भएको छ । माओवादीका रामबहादुर थापा बादल र चन्द्रवहादुर खड्का एमाले प्रवेश गरेपछि ती दुई ठाउँ रिक्त भएका थिए ।

मंगलबार र बुधबार कांग्रेस, माओवादी, जसपाको उपेन्द्र पक्ष र एमालेको माधव नेपाल पक्षबीच भएको छलफलपछि लुम्बिनीमा कांग्रेसलाई सघाउने तथा वागमतीमा प्रचण्ड-माधव पक्षलाई सघाउने सहमति भएको स्रोतले जनाएको छ । राष्ट्रियसभामा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख मतदाता हुन्छन् ।

सोही सहमति बमोजिम हात्तीवनस्थित उपेन्द्र यादवको निवासमा भएको बैठकले वागमतीमा एमालेका उम्मेदवार बादलविरुद्ध वागमती प्रदेशका योजनाका आयोगका पूर्वउपाध्यक्ष खिमलाल देवकोटालाई अघि सार्ने निर्णय भएको हो ।

माधव पक्षबाट उम्मेदवार बने पनि उनको चुनाव चिन्ह भने माओवादी केन्द्रको गोलाकारभित्रको हँसिया हथौडाबाट लड्ने समझदारी भएको छ । वागमतीमा एमालेको एकल बहुमत भए पनि माधव पक्ष अलग हुनासाथ विपक्षी गठबन्धन बलियो बन्न सक्छ । यहाँ जसपाको बाबुराम पक्षका एक गाउँपालिका अध्यक्ष र एकजना प्रदेशसभा सदस्य छन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..