आमा र छोरा बीच नै प्रेम सम्बन्ध…

आमा र छोराबिच रगतको नाता हुन्छ |  रगतको नाता बीच प्रेम सम्बन्ध हुनु भनेको निकै ठुलो पापको रुपमा हेरिन्छ अझ आमा र छोरा बिचको प्रेम त निकै पापको रुपमा हेरिन्छ |तर एउटा यस्तो घटना घटेको छ, जहाँ आमा र छोरा बीच नै प्रेम सम्बन्ध छ |

love between mother and son

१८ वर्षपछि पहिलो पटक भेट भएका आमा छोरा ‘गहिरो प्रेम’ सम्बन्धमा परेपछि अप्राकृतिक सम्बन्धको आरोपमा पक्राउ परेका छन् | ३७ वर्षीया मोनिका मारेसले १८ वर्षअघि आफ्नो छोरा २० वर्षीय कालेभ पिटरसनलाई अनाथालयलाई बुझाएकी थिइन् ।तर, जब उनीहरु पुनः भेट भए, परम्परालाई तोड्दै दुवै एक अर्काको प्रेममा परे |

उनीहरुको छिमेकीले अप्राकृतिक सम्बन्धको बारेमा प्रहरीलाई खबर गरेपछि गत सन् २०१६ को फेब्रुअरीमा उनीहरु पक्राउ परेका थिए ।यस विषयमा गत बुधबारदेखि सुनवाई शुरु भएको छ |उनीहरुले आफ्नो सम्बधलाई स्वीकार गरेका छन् |

अब उनीहरुले लगभग साढे १ वर्ष एक अर्कालाई भेट्न पाउने छैनन् । |उनीहरुमाथि हाडनाताकरणीको मुद्दा लगाइएको छ | जसलाई न्यु मेक्सिकोमा गम्भिर प्रकृतिको मुद्दा मानिन्छ |

गत अप्रिलमा ५ हजार डलर धरौटी र एक अर्कालाई नभेट्ने वाचा गरेपछि दुवैलाई छाडिएको थियो |मारेसले अब उनका अन्य ९ छोरा–छोरीहरुलाई भेट्न पाउने छैनन् |

दुवैले १८ वर्षसम्म जेल सजाय पाउने व्यवस्था रहे पनि दुवैको यसअघि कुनै आपराधिक पृष्ठभूमि नभएको कारण जेल सजाय नगरिएको न्यायाधीस आन्द्रेया रइबले बताइन् |

यसअघि, दुवैले आफूहरुलाई शारीरिक सम्बन्ध बनाउनबाट कसैले रोक्न नसक्ने बताएका थिए |१६ वर्षको छँदा गर्भवति भएकी मारेसले छोरालाई अनाथालयमा छाडेकी थिइन् | १८ वर्षपछि फेसबुकबाट उनीहरुको भेट भएको थियो |

त्यसपछि कालेभलाई उनको धर्म पिताको घरबाट क्रिसमसमा आफ्नो घरमा ल्याएकी थिइन् | त्यही क्रममा दुवैबीच प्रेम बस्न गयो र अन्ततः त्यो शारीरिक सम्बन्धमा पनि परिणत भएको थियो |

मारेसकी सबैभन्दा कान्छा छोराले कार्लोसलाई बुवा भनेर बोलाउँछन् |अहिले उनीहरु यस्तै सम्बन्धबारे जायरुकता फैलाउने अभियानमा लागेका छन् |यही सम्बन्धको कारण मरेसमाथि धेरै पटक आक्रमण भएको पनि बताएकी छिन् |एजेन्सी 

Kantipath Media

यो छुट्टाउनु भो कि..