दोलखा र रामेछापका गाउँगाउँमा राहत बाढ्दै फिल्म निर्देशक मिलन चाम्सको टोली

चर्चित फिल्म डाईरेक्टर मिलन चाम्स निषेधाज्ञाको समयमा पनि राहत वितरणमा सक्रिय बनेका छन् । चाम्सले अहिले हातमुख जोड्न समस्या भएका दोलखा र रामेछापका गाउँ-गाउँमा पुगेर रासन वितरण गरेका हुन् । केहि दिन अगाडी चाम्स ओखलढुङ्गामा स्वास्थ्य सामग्री हस्तान्तरण गरेर आएका थिए ।

ओखलढुङ्गाबाट फर्कदा ७१ वर्षीय वृद्धको कुरा सुनेर आफु भावुक भएको चाम्सले बताए । कोरोनाको समयमा पनि एक्लै घाँस काट्दै गरेका वृद्ध देखेपछि चाम्सको मन पग्लियो, उनि गाडी रोकेर कुरा गर्न लम्किए । गत वर्ष कोरोनाले श्रीमतीले गुमाएका वृद्ध छोराछोरी कसैले पनि हेरविचार नगरेको सुनेपछि चाम्स छाँगाबाट खसे जस्तै भए । गाडीमा भएको स्यान्डविच र कफि वृद्धले कपाकप खाएको देख्दा चाम्सको गहभरि आँसू टिल्पिलायो ।

हात सफा गर्न स्यानीटाईजर दिंदा यो पनि खाने हो भनेर सोधेपछि चाम्स देशको स्वास्थ्य प्रणाली र कोरोना महामारीको रोकथाममा भएका प्रयास बारे आक्रोशित बने । चाम्स र संगै गएका साथिहरु मिलेर वृद्ध बा को हातमा केहि रकम खर्च दिंदा उनले गहभरि आँसु पारे । यो घटनाबाट कोरोना रोकथाम र नियन्त्रणका लागि संकल्प लिएका चाम्स अहिले दिनरात राहत वितरणमा सक्रिय छन् ।

राहत वितरण कै सिलसिलामा गोर्खा वारियरको टिम, ओएसआर डिजिटल फाउन्डेसन र कमेडी च्याम्पियनको टिम दोलखा र रामेछापमा केन्द्रित भएको हो । राहत वितरण संगसंगै समूहले आर्थिक विपन्नता भएका परिवारलाई नगद सहयोग पनि गरेको छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..