देउवाले राष्ट्रपतिलाई ‘तपाई’ नभनेपछि ओली आक्रोशित !

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रयोग गरेको भाषाप्रति आप्पत्ति जनाएका छन् । शनिबार एक पुस्तक बिमोचनमा ओलीले जसले लोकतन्त्र मान्दैन, उनीहरु लोकतन्त्रको हिमायती बनेको बताए ।

देशलाई अराजकता र असभ्यतातिर लैजान खोजेको भन्दै उनले भने, ‘मैले आज प्रमुख प्रतिपक्ष दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको औपचारिक वक्तव्य हरेँ, राष्ट्रपतिलाई तपाईसम्म भन्न सभ्यता नेपाली कांग्रेसमा रहेन । तिमी, उनी, यसो गरिन् …यस्तो भाषा बोलिएको छ ।’

अहिले असभ्य तरिकाले बोल्नु, अरुलाई तँ तिमी भन्नु बहादुरी ठान्ने गरेको उनले सुनाए । एमाले अध्यक्ष समेत रहेका ओलीले अघि भने, ‘अरु त चलेकै थियो । नेपाली कांग्रेसका सभापतिको पनि त्यस स्तरको भाषा देखेपछि गणतन्त्रलाई खुइल्याउने अभियानको ब्यापकता कहाँसम्मु पुगेछ भन्ने चाहिँ अचम्म लाग्यो ।’

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..