फेसबुक लाइभमा मन्त्रीको अनुहारमा बिरालो !

सामाजिक सञ्जालको प्रयोगमा होस नपुर्याउँदा मजाकको पात्र बनिन्छ । अहिले यस्तै भइरहेको छ, पाकिस्तानका एक मन्त्रीलाई ।

पाकिस्तानको खैबर पख्तुनख्वा राज्यका सूचनामन्त्री फेसबुक लाइभमा गरेको गल्तीका कारण चर्चा र मजाकका पात्र बनेका हुन् ।

एक पत्रकार सम्मेलनका क्रममा फेसबुक लाइभमा भूलवश बिरालोको जस्तो अनुहार देखिने ‘क्याट फिल्टर’ देखिएको थियो ।

खैबर पख्तुनख्वा प्रान्तका सूचनामन्त्री साैकत युसुफजाई र उनीसँगै बसेका अर्का मन्त्रीको कान र जुंगा भएको तस्बिर यति बेला भाइरल भइरहेको छ ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..