पशुपतिमा ८० करोडको जलहरी राख्दा ११ किलो सुन कता हरायो ?

पशुपतिनाथको मन्दिरमा जलहरी राख्दा ११ किलो सुन हिनामिना भएको घटना अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ। जलहरी राखिएको विषयमा महालेखा परीक्षकको कार्यालयले पनि प्रश्न उठाएको छ।

जलहरी राख्ने क्रममा ११ किलो सुन हिनामिना भएको भन्दै अख्तियारमा कोष भित्रैबाट उजुरी परेपछि छानविन थालिएको हो। ९६ किलोभन्दा बढी सुन प्रयोग गरेर बाँकी पछि थपिने भनिएको थियो। १०८ किलो सुन राष्ट्र बैंकबाट निकासा भइसकेको छ। तर जलहरीमा थप सुन लगाइएको छैन।

मन्दिरमा जलहरी राख्दा १०८ किलो सुन प्रयोग भएको भनिएको थियो। तर करिब ९७ किलो मात्रै सुन प्रयोग गरेको पाइएपछि यो घटना विवादमा तानिएको हो। मन्दिरमा जलहरी राखेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्दाको ताम्रपत्रमा पनि १०८ किलो सुन प्रयोग भएको उल्लेख छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ३० करोड उपलब्ध गराउने बताएको भोलिपल्टै प्रक्रिया अगाडि बढेको थियो। जलहरी राख्न ८० करोड बढी खर्च भएको कोषले जनाएको छ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..