माओवादी छाड्ने कर्मचारीसँग महेश बस्नेत मुड्की जुधाउने, बादल खादा ओढाउने !

शनिबार बबरमहलमा नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक र राष्ट्रिय भेला आयोजना गरियो । बैठकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, रामबहादुर थापा ‘बादल’, बहेश बस्नेतलगायत नेताहरु उपस्थित थिए ।

निजामती कर्मचारी संगठनले आयोजना गरेको कार्यक्रम हेर्दा कुनै दलकै कार्यक्रम आयोजना गरिएको जस्तो देखिन्थ्यो ।कार्यक्रम थियो, एमालेनिकट निजामती कर्मचारी संगठनको । कार्यक्रममा नेकपा माओवादी केन्द्रनिकट निजामती कर्मचारी संगठनका उपाध्यक्ष अम्बिका धमलासहित एक सय जना केन्द्रीय सदस्य एमालेनिकट निजामती कर्मचारी संगठनमा प्रवेश गरे ।

माओवादीबाट एमालेमा आएका कर्मचारीहरुलाई एमाले अध्यक्ष अ‍ोलीको उपस्थितिमा नेता बादलले खादा ओढाएका थिए । बादलभन्दा अगाडि रहेका महेश बस्नेतले भने माओवादी छाडेर एमालेमा आएकाहरुलाई अविर लगाउँदै मुड्की जुधाएका थिए ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..