एक अध्ययन : मानिसलाई मुसाले दुःख दिन थालेको कति भयो होला ?

मानिसलाई मुसाले दुःख दिन थालेको कति भयो होला ? अन्दाज गर्न गाह्रो छ । जवदेखि मानव व्यवस्थित रुपमा बस्न थाल्यो तवदेखि घरमुसाले उनीहरुलाई दुःख दिन थालेको छ ।

RAT birth

हालै सार्वजनिक गरिएको एक अध्ययन अनुसार मध्यपूर्वमा विगत १५ हजार वर्षदेखि मुसाले मानव बस्तीमा दुःख दिंदैआएको छ ।

संयुक्त राज्य अमेरिकाको राष्ट्रिय विज्ञान प्रतिष्ठानको अध्यन अनुसार “मानिसले जबदेखि फिरन्ते जीवन त्यागेर एउटा निश्चित ठाउँमा बसोबास गर्न थाले तबदेखि मुसाले आफ्नो अस्तित्व देखाउन थालेको” हो ।

अनुसन्धानमा संलग्न वाशिंगटन विश्वविद्यालयका प्रोफेसर फिओना मार्शलका अनुसार अनुसन्धानकाा क्रममा मुसाले मानिसलाई दुःख दिन थालेको पहिलो प्रमाण १५ हजार वर्षअघि हो । जव मानिसहरु एकतृत भै सामुदायिक रुपमा पशुपालन गरेर बस्न थाले तवदेखि मुसाको उपस्थिति हुन थाल्यो ।

यस अघिको अनुसन्धानले “मुसाको मानवसंगको सम्बन्धको सुरुवात कृषि उत्पादनपछि हुन थालेको र यसको वृद्धिसंगै मुसाको पनि वृद्धि भएको” निष्कर्ष निकालेको थियो ।

निस्कर्ष अनुसार “पूर्वी र भूमध्य क्षेत्रका शिकारी जीवन बिताइरहेकाहरु व्यवस्थित बस्तीमा रुपान्तरित हुनुभन्दा तीन हजार वर्ष अगिदेखि नै मुसा अस्तित्वमा थियो । जब शिकारीहरु निश्चित ठाउँमा बसोबास गर्न थाले तब मुसाहरुको आश्रय र पहुँच बढ्यो ।”

यो अध्यनमा फ्रान्सको राजधानी पेरिसस्थित राष्ट्रिय वैज्ञानिक अनुसन्धान केन्द्र र इजरायलको लियोर विसबोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरु पनि सम्मिलित थिए ।

Kantipath Media

यो छुट्टाउनु भो कि..